Follow us: Youtube Android App
Somersby Nepal
राष्ट्रपति भण्डारी अबुधाबीबाट स्वदेश फिर्ता
३० कात्तिक २०७४


काठमाडौँ l राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) को चार दिने औपचारिक भ्रमण सम्पन्न गरी आज काठमाडौँ फिर्ता भएकी छिन्।

राष्ट्रपति  भण्डारी संयुक्त अरब इमिरेट्सको अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने औपचारिक भ्रमणका लागि कात्तिक २७मा त्यसतर्फ प्रस्थान गरेकी थिइन्।

नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४० औँ वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिबाट यो भ्रमण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ...

Source