Follow us: Youtube Android App
Somersby Nepal
कतारमा विदेशी कामदारको मासिक न्युनतम तलब ७५० रियल
१ मंसिर २०७४


दोहा l सन् २०२२ को विश्वकप फुटलबलको आयोजक कतारले विदेशी कामदारका लागि न्युनतम तलब निर्धारण गरेको छ। कतारको श्रम मन्त्रालयले निर्धारण गरेअनुसार अब विदेशी कामदारको मासिक तलब ७५० (करिब २ सय डलर) रियल हुनेछ।

अप्रवासी कामदारमाथि शोषण भएको आरोप लागिरहेका बेला कतार सरकारले विदेशी कामदारको न्युनतम पारिश्रमिक तोकेको हो। कतारका विकास प्रशासन, श्रम तथा सामाजिक मामिलामन्त्री इसा अल नउमीले विदेशी कुटनीतिज्ञ सामु न्युनतम पारिश्रमिकको घोषणा गरेका हुन्।

‘अब रोजगार सम्झौताअनुसार विदेशी कामदारको न्युनतम तलब ७ सय ५० भन्दा कम हुने छैन। कसैले त्योभन्दा कम मूल्यमा सम्झौता गरेमा हामी त्यसलाई स्वीकृत गर्दैनौं, सबै सम्झौताहरु अब मन्त्रालयले नै स्वीकृत गर्नेछ’, उनले भनेका छन्। यो तलब अस्थायी भएको र आगामी दिनमा यसलाई समीक्षा गरी सुधार गर्ने उनले बताए...

Source