Follow us: Youtube Android App
Somersby Nepal
युएईमा नेपाली युवती बलात्कृत भएपछि आत्महत्या गरेको भिडियो सार्वजनिक भएपछि छानबिन शुरू
१३ मंसिर २०७४


युएई l बलात्कारपछि आफ्नै कोठामा झु्ण्डिएर आत्महत्या गरेकी एक नेपाली चेलीको आत्महत्याको भिडियो सार्वजनिक भएपछि त्यसले ठूलो तरङ्ग ल्याएको छ ।

गोरखा आरुघाट–२, मान्बु कटुन्जेकी अष्टमी गुरूङको सीधा कुरा जनतासँगको कार्यक्रममार्फत गत अघिल्लो शनिवार भिडियो प्रसार भएपछि उक्त घटना सार्वजनिक भएको हो ।   

युएईको आबुधावीस्थित अरबियन गल्फ क्लिनिङ कम्पनीमा कार्यरत गुरूङ्लाई कम्पनीकै सुपरभाईजरले बलात्कार गरेपछि उनले आत्महत्या गरेको भिडियो मोबाइलमा रेकर्ड गराएकी थिइन् । आफ्नै स्थानिय गुरूङ भाषामा रेकर्ड गराएको भिडियोमा उनले आफ्ना परिवारसँग माफी माग्दै सुपरभाइजरले आफ्नो इज्जत लुटेको बताएर ‘म गएँ’ भन्दै अन्तिम बचन रेकर्ड गरेकी थिइन्...

Source