Follow us: Youtube Android App
Somersby Nepal
प्रवासीद्वारा सामुदायिक विद्यालयलाई १३ लाख सहयोग
१४ मंसिर २०७४


 पर्वत । सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि रोजगारीका लागि हङकङमा बस्दै आएका प्रवासीले ठूलो धनराशि सहयोग गरेका छन् ।

उत्तरी पर्वतका जलजला र मोदी गाउँपालिकाका विभिन्न वडामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न तथा विपन्न, दलित र गरिब बालबालिकालाई सहयोग पुर्‍याउने उद्देश्यले पर्वत पुन मगर कल्याणकारी कोष हङकङले रु १३ लाख सहयोग गरेको हो ।

जलजला गाउँपालिका र मोदी गाउँपालिकाका विभिन्न वडामा रहेका २६ वटा सामुदायिक विद्यालयलाई रु ५० हजारका दरले सहयोग गरिएको हो । विगत छ वर्ष अघि स्थापना भएको उक्त कोषको अक्षय कोषबाट यसअघि मिर्गौला पीडितको स्वास्थ्योपचारका लागि रु ७० लाख र भूकम्प पीडितको राहतका लागि रु ३० लाख सहयोग गरिसकिएको कोषका ............

Source