Follow us: Youtube Android App
Somersby Nepal
एनआरएन अमेरिका जोकर बनेको क्षण
२१ मंसिर २०७४


काठमाडौं । एयरपोर्टबाट घरतिर जँदै गर्दा बाटोमा चम्केका बत्तीले मनलाई प्रफुल्लित बनाइरहेको थियो। दिपावालीको आगमनले होला, राजधानी टल्कन थालेको रहेछ। त्यही पूर्णिमाको उज्यालो रात विश्व शेर्पा सम्मेलनको मौका छोपी मातृभूमि पुग्ने अवसर पाएकोमा म दंग थिए। भोलिपल्ट आफनै समुदायका सञ्चारकर्मीहरुसंगको भेटघाटसगै सम्मेलन तयारीबारे छलफल गर्ने सोचका साथ खाना खाएर रातको ११ बजे ओछ्यान पसे।

बिहानीपख बौद्ध टुसालको खाल्डाखुल्डी र धुलाम्य बाटो हुदैं बौद्ध पुगे। बौद्धनाथको दर्शन गरी दिउसो शेर्पा सेवा केन्द्र र शेर्पा संघको भवन पुगेर सम्मेलनको तयारी बारेमा जानकारी लिए। कुनै बेला गाउबाट काठमाडौं हुदै विदेशमा पुगेका शेर्पाहरुको ठुलो जमात यसपटक होटल रेडिसन र शेर्पा सेवा केन्द्रमा जम्मा भए। उनीहरुमध्ये कतिपयसगको भेट २५ वर्षपछि जुरेको थियो। नेपालको विभिन्न जिल्ला प्रतिनिधिसंगै विश्वका विभिन्न १७ मुलुकमा बस्ने शेर्पाहरुको त्यो उपस्थितिले सम्मेलनको आकर्षण बढेको थियो।

उद्घाटन कार्यक्रम सकेर शेर्पा सेवा केन्द्रमा चार दिन लगातार बिहानदेखि साझसम्मको सम्मेलनमा शेर्पा विज्ञहरुबाट भाषा, धर्म, संस्कृति, शिक्षा, राजनीति, वातवारण र मितव्ययीता सम्बन्धित विषयहरुमा भएको छलफलले राम्रै उपलब्धि मिल्यो। लामो समयदेखिन समुदायमा क्रियासिल अगुवाहरु र युवाहरुको सामुहिक सोचविचार आदानप्रदान गर्ने राम्रो मञ्चको रुपमा...........

Source