Follow us: Youtube Android App
Somersby Nepal
अवसर छोप्दै नयाँ पुस्ता
५ पुष २०७४


धरानमा जन्मिएका राजीव राई ब्रिटिश सेनामा कार्यरत आफ्ना बुवा हर्कराम राईसँगै ब्रुनाइ आए। उनले त्यहाँ प्राथमिक शिक्षा हासिल गरे। तर आफ्ना पिताको अन्यत्र स्थानान्तरण भएपछि उनी फेरि नेपाल फर्किए।

सन् २००५ मा ब्रिटिश सेनाबाट सेवा निवृत्त हुनासाथ बुवा ब्रिटेन आएपछि बुवाआमासँगै राजीव पनि लण्डन आए र यहींबाट जीसीएसइ उत्तीर्ण गरे।

 

सन् २०११ मा इम्पेरियल कलेजबाट बायो केमिस्ट्रीमा बिएस्सी अनर्स गरेका राजीवले सन् २०१२ मा सोही कलेजबाट बायोकेमिक रिसर्चमा मास्टर्स गरे।

 

उनले गत वर्ष ग्रीनवीच विश्वविद्यालयबाट भाइसचान्सलर स्कलरसीपमा मानिसको शरीरको प्रतिरक्षा प्रणालीबारे विद्यावारिधि गरे।

अनुसन्धान

कालाजारको संक्रमण भएको बेला मानव शरीरले कस्तो प्रतिकृया जनाउँछ? भन्नेबारे अध्ययन गरेका राजीव अहिले युनिभर्सिटी कलेज अफ लण्डन अन्तर्गत ग्रेट अर्मण्ड स्ट्रीट हस्पिटलको इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा शिशुहरुको प्रतिरक्षा प्रणालीसँग सम्बन्धीत स्टेम सेल र जीन थेरापीबारे अनुसन्धान गरिरहेका छन्...

Source