Follow us: Youtube Android App
Somersby Nepal
‘अबको यात्रा आर्थिक समृद्धि’
१५ पुष २०७४


बागलुङ l अबको मुख्य अजेन्डा आर्थिक विकास भएको धारणा निजी क्षेत्र र गैरआवासीय नेपालीका प्रतिनिधिले बताएका छन् । बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको बागलुङ महोत्सव २०७४ को उद्घाटन कार्यक्रममा शुक्रबार यस्तो धारणा व्यक्त भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले एनआरएन समुदाय नेपालको आर्थिक विकासमा सहकार्य गर्न तत्पर रहेको बताए । ‘तपाईंहरु स्पष्ट खाका तयार पार्नुहोस्,’ निजी र सरकारी क्षेत्रप्रति लक्षित गर्दै उनले भने, ‘अब राजनीतिक स्थिरताको संकेत देखिएकाले लगानी भित्र्याउन सकिन्छ ।’

 

विदेशमा बस्ने नेपालीले कमाएको रकमसँगै विदेशी सरकारको लगानी भित्र्याउन पहल गर्ने उनले बताए । ‘विदेशमा बस्ने नेपालीले कमाएको रकम एउटै फन्डमा जम्मा गरेर नेपालमा लगानी गर्ने विषयमा कुरा चलेको छ,’ उनले भने, ‘हामी केही समयमै यो कुरालाई टुंगोमा पु¥याउँछौं...

Source