युएई l युएईको दुवईमा नेपाली पत्रकारमाथि आक्रमण भएको छ । दुबईको बर दुबईमा रहेको नेपाली चोक नजिकै बाटोमा हिँडिरहेका पत्रकार पृथीछक बुढामगरमाथि परिचय नखुलेका नेपालीकै समूहले शुक्रबार बेलुकी आक्रमण गरेको हो ।
अपरिचित व्यक्तिहरुले रुकुम मैकोटका बुढामगरलाई रडले टाउकोमा प्रहार गरेका थिए । उहाँको टाउकोमा चारवटा टाका लगाईएको छ भने हातमा पनि चोट लागेको छ ।
आक्रमणबाट घाइते भएका बुढामगर आफैं अल राफा प्रहरी चौकीमा गएका थिए । प्रहरीले बुढामगरलाई उपचारका लागि बराहा अस्पताल पुर्याएको थियो । आक्रमण गर्ने समूहबारे उजुरी दिन प्रहरीले भनेको र आक्रमण गर्ने समूह नेपाली भएको तर आफूले नचिनेको जानकारीसहितको उजुरी दिएको पत्रकार बुढामगरले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो...