Follow us: Youtube Android App
Somersby Nepal
भुसाललाई जेलबाट छुटाउन सङ्कलित रकम हस्तान्तरण, सरकारले तत्काल प्रक्रिया अघि बढाउने
६ माघ २०७४


काठमाडौं l साउदी अरबको जेलमा रहेका नवलपरासीका थानेश्वर भुसाललाई छुटाउन सङ्कलन गरिएको रकम सरकारलाई हस्तान्तरण गरिएको छ ।

भुसालको उद्धारका लागि अभियानको नेतृत्व गरेको प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) ले आज परराष्ट्र मन्त्रालयलाई रकम हस्तान्तरण गरेको हो ।


साउदी अरब, युएई, कतार, दक्षिण कोरिया, बहराइन, कुवेत र नेपालबाट सङ्कलन गरिएको ४० लाख ९८ हजार रुपैयाँको चेक आज कार्यक्रम गरी परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई हस्तान्तरण गरिएको हो ।

 

राष्ट्र बैंकले आजका लागि तोेकेको भाउ अनुसार डेढ लाख रियालको ४० लाख ९८ हजार रुपैयाँ हुने भएकाले त्यति नै रकम हस्तान्तरण गरिएको पिएनसिसीका अध्यक्ष कुलप्रसाद कार्कीले उज्यालोलाई जानकारी दिनुभयो । जसमध्ये २५ लाख ४८ हजार पिएनसिसीले र १५ लाख ५० हजार एनआरएनएका अध्यक्ष भवन भट्टले हस्तान्तरण गर्नुभयो ...

Source