Follow us: Youtube Android App
Somersby Nepal
आर्थिक संकटमा अमेरिका, कम्तिमा आठ लाख कर्मचारी बेतलबी विदामा
६ माघ २०७४


एजेन्सी l अमेरिकाले पछिल्लो दिन पाकिस्तानसहित कयौँ देशलाई आर्थिक सहायता दिन बन्द गरिदिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सहायता बन्द गर्नुको कारण पाकिस्तानमाथि आतंकवादको संरक्षण गरेको बताइएको थियो । तर अब त्यसको भित्री कारण खुल्न थालेको छ । समाचार अनुसार विश्व महाशक्ति अमेरिका आफैँ आर्थिक सं‌कटको गहिरो खाडलतर्फ पर्न थालेको छ ।

तोकिएको समय अर्थात शुक्रबार मध्यरातिसम्म अमेरिकाका दुवै सदनबाट आर्थिक विधेयक पारित नभएपछि त्यहाँ सटडाउनको सं‌कट निम्तिएको छ। सिनेटका डेमोक्रेट सांसदले आप्रवसन र खर्चमाथिको विधेयकलाई रोक्ने पक्षमा मतदान गरेपछि अमेरिकी संघीय सरकारले आधा रातदेखि सरकारी कार्यालय बन्द गर्न थालेको हो ।

 

यसको अर्थ अब अमेरिकाले कयौँ सरकारी विभागलाई बन्द गर्न सुरु गरेको छ । यो कदमको सीधा असर लाखौँ कर्मचारी बेरोजगार हुने अवस्था आएको छ। जसका कारण कम्तिमा पनि ८ लाख कर्मचारीहरु तलब पनि खान नपाई घरैमा थन्किनुपर्ने भएको छ....

Source