Follow us: Youtube Android App
Somersby Nepal
कम्पनीकै कारण ‘ओभरस्टे’ हुँदा युएईमै अड्किए तीन युवा, कमाएको पैसा अदालत धाउँदा सक्कियो
७ माघ २०७४


युएई l झापाको दमकका रमेश निरौला युएई पुगेको चार वर्ष पुग्यो गएको वर्षको फेब्रुअरीमा । दुई वर्षको सम्झौतामा गएका रमेशले दुई वर्ष थप्नुभयो । त्यो म्याद पनि सक्किएपछि नेपाल फर्किने बेला भयो ।

 

कम्पनीले भिसा लगाइदिनुपर्ने तर म्यानेजरले उहाँ बस्ने कोठामै आएर कम्पनीमा थोरै समस्या भएको भन्दै केहीदिनमा काम गरिदिने आश्वासन दियो । ‘म्यानेजरले नै भनेपछि गरिदिन्छ त होला नी भन्ने लाग्यो अनि उसले काम गरिदिने दिन पर्खिएर बस्यौं ।’ रमेशले भन्नुभयो । काम चलिरहेको थियो ।

 

म्यानेजरले आश्सान दिएको महिना बित्यो । तर भिसा पाउनुभएन् । त्यो महिना काम गरेको तलब पनि आएन । पछि त म्यानेजरले कुरै सुन्न छोड्यो । उसले वास्ता नगरेपछि कम्पनीको साहुलाई नै गुहार्नुभयो । साहुले अर्को आश्वासन दियो । ‘तिमीहरुको ओभरस्टेको पैसा कम्पनीले नै तिरिदिन्छ भन्दै दुई महिना पछि भिसा लगाइदिन्छु भन्यो ।’ रमेश भन्नुहुन्छ ‘उनीहरुले भनेका कुरा पत्याउनु बाहेक अर्को विकल्प पनि त थिएन् ...

Source