Follow us: Youtube Android App
Somersby Nepal
‘मैले तँलाई किनेको हुँ भन्दै यातना दिन्छ’
१९ माघ २०७४


तीन जना महिला भुइँमा म्याट्रेस ओछ्याएर पल्टेका थिए। एक जना कुर्सीमा बसेर टोलाइरहेकी थिइन्।

वैदेशिक रोजगार निम्ति विभिन्न समय संयुक्त अरब इमिरेट्स (युएई) आएका यी चार महिला यतिबेला नेपाली दूतावासको महिला सेल्टरमा छन्। युएई पुगेर समस्यामा परेका महिलालाई दूतावासले आफ्नो सेल्टरमा शरण दिन्छ।

 

म गत साता त्यहीँ पुगेको थिएँ।

 

सेल्टरमा सुत्ने, भान्सा र शौचालय एकैठाउँ थियो। भान्साको टेबलमा तरकारी छरपस्ट थिए। उनीहरूलाई खानपिनको व्यवस्था दूतावासले नै मिलाउँछ।

 

म पुग्नुअघि उनीहरू सुतिरहेका रहेछन्। आँखा मिच्दै कुरा गर्न तयार भए...

Source