Follow us: Youtube Android App
Somersby Nepal
अस्ट्रेलियाका राजनीतिक दल एसियालीलार्इ फकाउँदै
६ फागुन २०७४


अष्ट्रेलियामा यहाँका प्रमुख राजनीतिक पार्टीहरुले नेपाली लगायत दक्षिण एसियाली मूलका वासिन्दाहरुतर्फ आफ्नो ध्यान केन्द्रित गरेका छन् । बहुसांस्कृतिक देश अष्ट्रेलियामा दशौं हजार मानिस नेपाली मुलका वासिन्दा छन् भने दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका लगायत देशका लाखौं मानिस यहाका स्थानी वासिन्दा छन् ।

दक्षिण एसियाली मूलुकबाट यहाँ स्थायी बसाई सर्नेको संख्या बढ्दै गर्दा यहाँका ठूला राजनीतिक दलहरुले आफ्ना राजनीतिक गतिविधि यी समुदायसग बढाएका हुन् ।

 

अष्ट्रेलियाको सत्तारुढ दल लिवरल पार्टी र उक्त पार्टीका नेता तथा प्रधानमन्त्री माल्कम टर्नकुलले अष्ट्रेलियामा पछिल्लो दशकहरुमा स्थायी रुपमा बसाई सरेर आएका नयाँ अष्ट्रेलियनहरुका स-साना व्यापारलाई सहयोग गर्ने नीति लिएका छन् ।

 

उनी यहाँका साना व्यपारहरुलाई प्रोत्साहन गर्न कहिले म.म. पसलमा त कहिले कफी सपमा झुल्किन्छन् । उनी यहाँका ‘स्मल विजनेस’ हरुको प्रगति विना अष्ट्रेलियाको प्रगति सम्भव छैन भन्ने सन्देश दिइरहेका हुन्छन् ।

 

हालै अष्ट्रेलियाको संघीय सरकारका अर्थ राज्यमन्त्री डेभिड कोल्मन यहाँको बाक्लो नेपाली वस्ती भएको सेन्ट जज इलाकाका नेपाली समुदायको बैठकमा अन्तरक्रिया गर्न आइपुगेका थिए ।

 

लिवरल फ्रेन्ड्स अफ नेपाल तथा स्थानीय पेंसर्ट नेपालिज कम्यूनिटीका तर्फबाट आयोजित अन्तरक्रियात्मक कार्यक्रममा आएका मन्त्री कोल्मनले नेपालबाट आएका पूर्ववर्ती शेरबहादुर देउवा सरकारका अर्थराज्यमन्त्री उदयसमशेर राणासँग एउटै मन्चमा उपस्थित भएर नेपालको सरकार तथा अष्ट्रेलियाका नेपालीको विचार सुनेका थिए ।

 

सोही कार्यक्रममा उपस्थित भएकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले नेपाली समुदायका वीचमा उपस्थित भएर नेपाली समुदायका आवाज सुन्ने प्रयास गरिरहेकोमा मन्त्री कोल्मनमार्फत यहाँको सरकारलाई धन्यवाद दिइन् ...

Source