Follow us: Youtube Android App
इब्राहिमोभिचको कीर्तिमान
१५ साउन २०७७

काठमाडौं । भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले इटालियन सिरी ए मा दुई गोल गरेपछि एसी मिलानले साम्पडोरियालाई ४-१ ले सहजै पराजित गरेको छ ।

मिलानका लागि इब्राहिमोभिचले दुई तथा हाकन चाल्हानोग्लु र राफायल लिओले एक-एक गोल थपे । ३८ वर्षको उमेरमा पनि गोल गर्न उत्तिकै माहिर इब्राहिमोभिचले दुई गोलका साथै एक गोलका लागि सहयोग पनि गरे । उनले साम्पडवरिया विरुद्ध खेलको चौथो मिनेटमै पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । उक्त गोल मिलानको लागि उनको ५०औं गोल थियो । यस गोलपछि इब्राहिमोभिच सिरी ए मा इन्टर र एसी मिलान दुवैका लागि ५० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ...

समाचार स्रोत :