काठमाडौं । युगान्डाका धावन जोसुवा चेप्टेगेईले पाँच हजार मिटर दौडमा नयाँ विश्व कीर्तिमान छन् । फ्रान्सको मोनाकोमा शुक्रबार आयोजना भएको डाइमण्ड लिगमा जोसुवाले १६ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।
२३ वर्षीय जोसुवाले १२ मिनेट ३५.३६ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै आफ्नो नाममा कीर्तिमान लेखाएका हुन् । उनले करिब २ सेकेण्डले कीर्तिमान आफ्नो बनाएका हुन् । यसअघि इथिओपियाका केनेनिसा बेकेलेले पाँच हजार मिटर १२ मिनेट ३७.३५ सेकेन्डको कीर्तिमान राखेका थिए । इथिओपिउन लेजेण्डले सन् २००४ मा उक्त कीर्तिमान बनाएका थिए ...