Follow us: Youtube Android App
स्थायी रुपमै हट्यो एटीएम शुल्क, कारोबारको सीमामा सामान्य हेरफेर
१४ भदौ २०७७

काठमाडौं । अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा लाग्ने शुल्क स्थायी रुपमै हटेको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले शुक्रबार भुक्तानी सेवा सञ्चालन अनुमतिप्राप्त संस्थाको नाममा एकीकृत परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

 
यसअघि राष्ट्र बैंकले कोरोनाको संक्रमण अवधिभरका लागि यस्तो सेवा निःशुल्क गर्नुपर्ने नीति लिएको थियो । यो व्यवस्थापछि नेपालभित्रका कुनै बैंक तथा वित्तीय संस्थाले जारी गरेको कार्ड प्रयोग गरेर स्वदेशभित्रकोे कुनैपनि एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । विदेशबाट हुने कारोबारमा भने यस्तो शुल्क लिन बन्देज गरिएको छैन ...

समाचार स्रोत :