Follow us: Youtube Android App
जापानका प्रधानमन्त्री योसिहिडे सुगा बन्ने निश्चित
२९ भदौ २०७७

काठमाडौं । जापानका हालका मुख्य क्याबिनेट सेक्रेटरी रहेका याोसिहिडे सुगा नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । जापानको सत्तारुढ पार्टी लिबरल कन्जर्भेटिभ पार्टी (एलडीपी)ले सोमबार उनलाई सिन्जो आबेको स्थानमा नयाँ नेताको रुपमा चयन गरेको हो ।


यससँगै सुगा नयाँ प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ । गत महिना प्रधानमन्त्री सिन्जो आबेले आफ्नो कमजोर स्वास्थ्यको कारण देखाउँदै राजिनामा दिएका थिए । सुगा आबेको निकटका व्यक्ति मानिन्छन् । त्यसैले बाँकी कार्यकालमा उनले आबेकै नीतिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ । बुधबार जापानको संसदमा पुनः प्रधानमन्त्री पदको लागि मतदान हुनेछ ...

समाचार स्रोत :