Follow us: Youtube Android App
अफगानिस्तानमा बम विस्फोट, पाँच सैनिकको हत्या
३१ भदौ २०७७

अफगानिस्तानको पश्चिमी बागदिस प्रान्तमा सोमबार भएको एक बम हमलाको घटनामा पाँच जना अफगान सेनाको ज्यान लिइएको छ ।


पश्चिमी बागदिस प्रान्तको अबकामारी जिल्लामा सोमबार अपरान्ह सडक किनारमा राखिएको बम विस्फोट गराएर ती सैनिकका ज्यान लिइएको हो । उक्त जिल्लाको एक राजमार्गमा लुकाई छिपाई राखिएको बम सेनाको सवारीमा नजिक पुगेपछि विस्फोट भएको थियो । त्यस विस्फोटमा परी सुरक्षा गस्तीमा हिँडेको अफगान सेनाको सवारीमा रहेका पाँच जना सैनिकको ज्यान गएको र त्यसमा रहेका अरु केही घाइते भएका जनाइएको छ ...

समाचार स्रोत :