Follow us: Youtube Android App
नौसेना परिचालन गरेर तनाव सिर्जना नगर्न दक्षिणलाई उत्तर कोरियाको चेतावनी
११ असोज २०७७

प्योङयाङ : उत्तर कोरियाले नौसेना परिचालन गरेर तनाव सिर्जना नगर्न दक्षिण कोरियालाई चेतावनी दिएको छ। केही दिनअघि दक्षिणका मत्स्य अधिकारीको हत्या भएको क्षेत्रमा उनको शव खोजी कार्य भइरहेका बेला त्यस क्षेत्रमा नौसेनाको गतिविधि नबढाउन चेतावनी दिएको हो।


आइतबार उत्तर कोरियाले नौसेनाको गतिविधिका कारण त्यस क्षेत्रमा तनाव बढाउने बताएको हो। उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले शुक्रबार दक्षिणका अधिकारीको गोली हानेर मारिएको भन्दै माफी मागेका थिए। त्यसपछि दक्षिण कोरियाले त्यसबारे विशेष अनुसन्धान अगाडि बढाउन दबाब दिँदै आएको छ। उक्त अनुसन्धान दुबै पक्षको संलग्नतामा संयुक्त रूपमा हुनसक्ने दक्षिणले बताएको छ ...

समाचार स्रोत :