Follow us: Youtube Android App
नेइमारले तोडे ब्राजिलियन रोनाल्डोको रेकर्ड
२८ असोज २०७७

फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले पेरुमाथि बुधबार ४-२ गोलको जित निकाल्दा नेइमारले ह्याट्रिक गरे।


नेइमारले सुरावती दुई गोल पेनाल्टीमार्फत गरेका थिए। दोस्रो हाफको इन्जुरी टाइममा उनले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। ह्याट्रिक गरेसँगै नेइमार ब्राजिलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्। २८ वर्षीय नेइमारले अहिलेसम्म १०३ खेलमा ६४ गोल गरिसकेका छन्। बुधबार ह्याट्रिक गरेसँगै उनले ब्राजिलका लागि सर्वाधिक गोल गर्ने सूचीमा रोनाल्डोलाई पछि परे ...

समाचार स्रोत :