Follow us: Youtube Android App
युद्धका लागि तयार रहन सेनालाई सी चिनफिङको आदेश
२९ असोज २०७७

चीनका राष्ट्रपति सी चिनफिङले बुधवार चीनका सशस्त्र फौजहरूलाई सैन्य तालिम बलियो बनाउन र युद्धका लागि तयार रहन आदेश दिएका छन् । भारतसँग पूर्वी लद्दाखमा सैन्य गतिरोधको स्थिति रहेकोमा उनले यस्तो आदेश दिएका हुन् ।


सीले मंगलवार क्वाङदोङ प्रान्तमा रहेको एक सैन्य अड्डाको भ्रमणका अवसरमा युद्धको तयारीका लागि आफ्नो दिमाग केन्द्रित गर्न आह्वान गरेका हुन् । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, चाझोउ शहरमा चिनियाँ जनमुक्ति सेनाको मरिन कोर्प्सको निरीक्षण भ्रमणका क्रममा सीले सैनिकहरूलाई उच्च सतर्कताको स्थितिमा रहन अनि बफादार, स्वच्छ तथा भरपर्दो बन्न आह्वान गरे ...

समाचार स्रोत :