Follow us: Youtube Android App
८ प्रतिशत बढ्यो रेमिट्यान्स : दुई महिनामा भित्रियो १ खर्ब ६५ अर्ब
६ कात्तिक २०७७

काठमाडौँ — कोरोना महामारीमा नेपाल भित्रिने रेमिट्यान्स घट्न सक्ने अनुमानविपरीत बढेको छ । रोजगारीका लागि विदेशिएका नेपालीले चालु आर्थिक वर्षका दुई महिनामा १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ घर पठाएका छन् ।


गत आर्थिक वर्षका दुई महिनाको तुलनामा चालु आवको सोही अवधिमा भित्रिएको रेमिट्यान्स ८.१ प्रतिशत बढी हो । गत आर्थिक वर्षका दुई महिनामा रेमिट्यान्स वृद्धिदर ०.६ प्रतिशतले ऋणात्मक हुँदा पनि १ खर्ब ५३ अर्ब ३५ करोड रुपैयाँ मुलुक भित्रिएको थियो । ‘उक्त अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स २.६ प्रतिशतले बढेर १ अर्ब ३९ करोड पुगेको छ,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ ...

समाचार स्रोत :