Follow us: Youtube Android App
रुसी राष्ट्रपति पुटिनले बनाए आजीवन आफूलाई मुद्दा नलाग्ने कानून
३ मंसिर २०७७

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आफूलाई आजीवन मुद्दा नलाग्ने कानून बनाउनु भएको छ । आफ्नो पकड रहेको रुसी संसद डूमाबाट उहाँले आफूलाई जिवित रहुञ्जेल कसैले पनि मुद्दा लगाउन नसक्ने कानून पारित गराउनुभएको हो ।


रुसी तल्लो संसदबाट पारित गरिएको यो कानून अनुसार अब पुटिन र उहाँको परिवारमाथि राष्ट्रपतिबाट बाहिर रहँदा पनि कुनैपनि प्रकारको आपराधिक मुद्दा चलाउन पाइने छैन । गत जुलाईमा गरिएको जनमत संग्रहले अनुमति दिएअनुसारकै यो कानून बनाइएको बताइएको छ । रुसको दुबै सदनमा पुटिनकै बहुमत रहेको छ । पुटिनको वर्तमान कार्यकाल सन् २०२४ मा सकिने भएपनि उहाँले चाहँदा अरु दुई कार्यकाल अर्थात् १२ वर्ष (सन् २०३६ सम्म) बिना रोकतोक राष्ट्रपति पदमा रहिरहन संवैधानिक व्यवस्था पनि उहाँले गराइसक्नुभएको छ ...

समाचार स्रोत :