Follow us: Youtube Android App
क्यानडाले कम आय भएका मुलुकलाई कोभिड–१९ को खोप उपलब्ध गराउन सहयोग गर्ने
४ मंसिर २०७७

एजेन्सी । क्यानडाले कम आय भएका मुलुकहरुलाई कोभिड–१९ को खोप उपलब्ध गराउन सहयोग गर्ने भएको छ ।


आफ्नो देशका नागरिकका लागि पर्याप्त मात्रामा आवश्यक पर्ने खोपको मात्रा जोहो गरिसकेको क्यानडाले खोप किन्न सक्ने आर्थिक हैसियत नभएका देशका लागि सहयोग गर्ने निर्णय गरेको हो । तीन करोड ८० लाख जनसंख्या रहेको क्यानडाले यसअघि नै ४१ करोड ४० लाखभन्दा बढी खोपको मात्रा अर्डर गरिसकेको छ । क्यानडाले अरु कुनै पनि देशले आफ्ना नागरिकका लागि जोहो गरेको भन्दा बढी संख्यामा खोप व्यवस्था गरिसकेको ड्यूक ग्लोबल हेल्थ इनोभेसन सेन्टर उत्तरी क्यारोलिनाका शोधकर्ताले जनाएका छन् ...

समाचार स्रोत :