हाम्रो सौर्यमण्डलदेखि सबैभन्दा नजिक अर्को सौर्यमण्डल 'अल्फा सेन्टुरी सिस्टम' (Alpha Centauri system ) हो। यस सिस्टममा तीनवटा तारा छन् -अल्फा सेन्टुरी ए,अल्फा सेंटरी बी र अल्फा सेन्टुरी सी अथवा प्रोक्सिमा सेन्टुरी।
यो 'ट्रिपल स्टार सिस्टम' हो। अल्फा सेन्टुरी ए र बी एक अर्काको परिक्रमा गर्छन् । अल्फा ए 'मास' र चमक (luminosity of the Sun) दुबैमा हाम्रो सूर्य भन्दा धनी छ अल्फा बी भने सूर्य भन्दा आधी जति मात्रै छ। यिनले एक अर्काको परिक्रमा झण्डै ८० वर्षमा पूरा गर्छन्। परिक्रमा गर्ने कारणले यिनीहरु बीचको दूरी थपघट भई रहन्छ। नजिक हुँदा यिनीहरु बीचको दूरी ११ एस्ट्रोनॉमिकल यूनिट ( झण्डै सूर्य र शनि ग्रह बीचको दूरी ) र टाढा हुँदा दूरी ३५.६ एस्ट्रोनॉमिकल यूनिट ( सूर्य र प्लूटो बीचको दूरी समतुल्य ) हुने गर्छ ...