Follow us: Youtube Android App
बर्मामा सैन्य 'कू' : आङ सान सू कीसहित प्रजातान्त्रिक नेताहरु गिरफ्तार
१९ माघ २०७७

म्यानमार : वर्मामा त्यहाँका सेनाले नेतृ आङ सान सू कीसहित अन्य प्रजातान्त्रिक नेताहरुलाई पक्राउ गरेको छ । म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सू कीलाई पक्राउ गरिएको उक्त पार्टीका प्रवक्ताले बताएका छन्।


सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू कीलाई पक्राउ गरिएको हो। गत नोभेम्बरमा भएको चुनावमा (एनएलडी)ले सरकार गठनका लागि संसद्‌मा पर्याप्त हुने गरी सिट जितेको छ। तर सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाएको छ। सोमबार हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको छ ...

समाचार स्रोत :