Follow us: Youtube Android App
'अमेरिकाका लागि भारत महत्वपूर्ण छ'
२९ माघ २०७७

वासिङटन : भारत विश्वमा शक्ति राष्ट्र बन्दै गएकोमा अमेरिकाले प्रसन्नता व्यक्त गरेको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले सञ्चारमाध्यमहरुसँगको कुराकानीमा शक्ति राष्ट्रका रुपमा भारतको उदयलाई स्वागत गरेका हुन्। 'भारत हिन्द-प्रशान्त क्षेत्रमा अमेरिकाको महत्वपूर्ण सहयोगी राष्ट्र हो,'  उनले भने, 'अमेरिका शक्ति राष्ट्रका रुपमा भारतको उदय सँगसँगै हिन्द-प्रशान्त क्षेत्रको सुरक्षा गर्ने सहयोगी राष्ट्रका रुपमा स्वागत गर्छौं।'

प्रवक्ता नेडले भारतीय विदेशमन्त्री एस जयशंकरसँग अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले कुराकानी गरेको जानकारी पनि दिए। १४ दिनयता अमेरिकी र भारतीय विदेशमन्त्रीबीच भएको यो दोस्रो टेलिफोन वार्ता हो।

नेडका अनुसार दुवै विदेशमन्त्रीले फोन वार्तामा अमेरिका-भारत साझेदारी सशक्त हुने र म्यान्माको ताजा राजनीतिक स्थितिबारे र द्विपक्षीय मामिलाबारे कुराकानी गरेका थिए।  अमेरिकी विदेशमन्त्री ब्लिंकेनले म्यान्मामा भएको कु र लोकतन्त्रका मूल्य मान्यताको उल्लंघनमाथि चिन्ता व्यक्त गरेका थिए ...

समाचार स्रोत :