कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिएसँगै भारतको महाराष्ट्र राज्यमा सोमवारदेखि कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिँदै छ।
रातिको समयमा कर्फ्यु लगाइने छ भने सप्ताहान्तका बेला राज्यमा पूर्ण रूपमा लकडाउन लागु हुनेछ।
भारतमा आइतवार एकैदिन ९३,२४९ सङ्क्रमित थपिएका थिए जुन गत सेप्टेम्बर महिनायताको सर्वाधिक सङ्ख्या हो।
उक्त सङ्ख्याको आधा भन्दा बढी महाराष्ट्र राज्यको छ ...