थाइल्यान्डसँगको सीमामा पर्ने म्यानमारको चियाङ माइ प्रान्तमा रहेको आफ्नो प्रशासकीय किल्लामा बसेका छन् जनरल यवद सेर्क। उनी म्यानमारको भविष्य अँध्यारो देख्छन्।
‘गृहयुद्ध फैलिने सम्भावना उच्च छ,’ उनी भन्छन्, ‘सबथोक परिवर्तन भएको छ। म के देख्छु भने सहरका जनता हार मान्नेवाला छैनन्। अर्कोतिर मिन आङ लाङ (कू गर्ने सेनापति) पनि हार मान्न तयार छैनन्।’
यवद सेर्क जातीय अल्पसंख्यकहरुको राजनीतिक संगठन रेस्टोरेसन काउन्सिल अफ सान स्टेट (आरसीएसएस)का प्रमुख हुन्। सो संगठनको सेना सान स्टेट आर्मीका संस्थापक पनि उनी नै हुन्। जसको नियन्त्रणमा म्यानमारको पूर्वी भागको ठूलो क्षेत्र छ ...