Follow us: Youtube Android App
सङ्कटमा मानव जाति : विनाश रोक्न १० वर्षभन्दा पनि कम समय बाँकी
१४ कात्तिक २०७८

ग्लासगोमा जलवायु परिवर्तनसम्बन्धी सीओपी–२६ सम्मेलन आइतबारदेखि सुरु भइरहँदा विश्वका नेताहरूसामु मानवसिर्जित तापक्रम वृद्धिबाट हुने भयानक परिणामलाई नियन्त्रण गर्ने अन्तिम अवसर हुनेछ । विभिन्न अध्ययनले मानिससँग जलवायु परिवर्तनको विनाशकारी असरहरू सुरु हुन अब बढीमा ९ वर्षमात्र बाँकी रहेको र त्यसलाई नियन्त्रण गर्न असम्भव हुने बताइरहँदा एकीकृत वैश्विक कदमका लागि समय नै सबैभन्दा महत्त्वपूर्ण कडी रहेको छ ।

‘मानवसिर्जित जलवायु परिवर्तनको असरहरू देखिन सुरु भएका छन् । समयसँगै यसलाई पुनः परिवर्तन गर्न असम्भव हुनेछ र आगामी दशकमा यो झनै भयानक हुँदै जानेछ,’ अमेरिकी स्पेस एजेन्सी ‘नासा’ले भनेको छ । सीओपी–२६ सम्मेलन सुरु भइरहँदा हामीले जलवायुको सङ्कटबारे यी पाँच बुँदा ध्यान दिन जरुरी छ :

१. ‘विनाशकारी’ तापक्रम वृद्धि अहिलेसम्मकै खत्तम

कार्बोनडायोअक्साइड, मिथेन र नाइट्रस अक्साइडजस्ता ग्रिनहाउस ग्यासहरुले तापलाई पृथ्वीको सतहनजिकै अड्काएर राख्छ । यसको मात्रा धेरै भएपछि विश्वको तापक्रम वृद्धि (ग्लोबल वार्मिङ) हुन थाल्छ । सन् २०१५ को ऐतिहासिकपेरिस जलवायु सम्झौतामा विश्वभरका राष्ट्रले तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रतिबद्धता जनाएका थिए । यो तापक्रमलाई सन् १७६० को ताका युरोप र अमेरिकामा औद्योगिक क्रान्ति सुरु हुनभन्दा अघिको समयसँग तुलना गरिएको थियो ...

समाचार स्रोत :