Follow us: Youtube Android App
प्रधानमन्त्री देउवाको स्वागतमा बेलायती सांसदको जमघट
१५ कात्तिक २०७८

लन्डन :  स्कटल्यान्डमा हुने कोप २६ मा भाग लिन बेलायत आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई एक समारोहबीच बेलायती सांसदहरुले स्वागत गरेका छन्।  

बेलायतस्थित समाजसेवी व्यवसायी रविजंग लामिछानेको संयोजन र बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय समितिको आयोजनामा शनिबार साँझ लन्डनको ऐतिहासिक 'नाभेल एन्ड मिलिटरी क्लब’मा प्रधानमन्त्रीलाई गाला डिनरसहित रिसेप्सन दिइएको हो। जसमा सत्तारुढ  कञ्जरभेटिभ, विपक्षी लेबर, लिबेरल डेमोक्रयाटसहितका प्रमुख दलबाट बेलायतको दुवै सदनमा प्रतिनिधित्व गर्ने डेढ दर्जन सांसदहरुको सहभागिता थियो।  
 
प्रधानमन्त्रीको स्वागतमा लन्डनका विभिन्न बरोका दर्जनौं मेयर तथा काउन्सिलरहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुदेखि भारत र पाकिस्तानका प्रधानमन्त्रीका सल्लाहकारहरु समेत उपस्थित थिए...

समाचार स्रोत :