Follow us: Youtube Android App
कोप-२६ मा प्रधानमन्त्री देउवाको सम्बोधन : ‘जलवायुसम्बन्धी आर्थिक सहयोग सहजै देऊ’
१६ कात्तिक २०७८

ग्लास्गो, स्कटल्यान्ड — प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालले धेरै क्षति र नोक्सानी बेहोरिरहेकाले विकसित मुलुकहरूले अनुकूलन र उत्थानशील कार्यक्रमका लागि चाहिने सहयोग (वित्त) सहज तरिकाले उपलब्ध गराउनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र बेलायती समकक्षी बोरिस जोन्सन राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ मा सहभागी हुनुअघि सोमबार स्कटल्यान्डको ग्लास्गोमा ।

जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय सत्र (हाइलेभल सेगमेन्ट) लाई सोमबार दिउँसो ग्लास्गोमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विकसित मुलुकले दिने आर्थिक सहयोग (क्लाइमेट फाइनान्स) जोखिमयुक्त मुलुकले सोझै र सरल तरिकाले पाउनुपर्ने जिकिर गरे । ‘नेपालले पछिल्ला दिन जलवायुजन्य क्षति र नोक्सानीका धेरै विपद्सँग सामना गर्नुपरेको छ,’ उनले भने, ‘त्यस्ता विपद्सँग जुध्न आवश्यक रकम विकसित मुलुकले सोझै सम्बन्धित मुलुकहरूलाई दिनुपर्छ भन्ने हाम्रो ठहर छ ।’

ग्लास्गो आउनुअघि बसेको मन्त्रिपरिषद् बैठकले जलवायु परिवर्तनसम्बन्धी तीनवटा नीतिगत दस्ताबेज र योजना स्वीकृत गरेको समेत प्रधानमन्त्री देउवाले सुनाए । ‘म यहाँ आउनुअघि बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय कार्यढाँचा स्वीकृत गरेको छ,’ उनले भने, ‘राष्ट्रिय अनुकूलन कार्यक्रम पनि स्वीकृत गरेका छौं । त्यसमा उल्लिखित कार्यक्रम कार्यान्वयन गर्न सन् २०५० सम्म ४७.४ अर्ब अमेरिकी डलरको आवश्यकता पर्नेछ । त्यो रकम विकसित मुलुकहरूले प्रदान गर्नुपर्छ ।’ ४७.४ अर्ब डलरमध्ये १.५ अर्ब अमेरिकी डलर आन्तरिक स्रोत परिचालन गर्ने लक्ष्य राखिएको छ । प्रधानमन्त्री देउवाले विकसित मुलुकले सन् २०२०–२०२५ सम्म वार्षिक १ सय अर्ब अमेरिकी डलर विकासशील मुलुकलाई प्रदान गर्ने आफ्नो प्रतिबद्धता पूरा गर्नसमेत जोड दिए । १२ वर्षअघि कोपनहेगन सम्मेलनमा विकसित मुलुकहरूले त्यस्तो प्रतिबद्धता जनाएका थिए ...

समाचार स्रोत :