Follow us: Youtube Android App
बिग्रिन लागेको माहोल सम्हाल्दै नेपाल भारतबीच ७ सम्झौता
१९ जेठ २०८०

नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा बुधबार साँझ भनेका थिए, ‘भोलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग महत्वपूर्ण सम्झौताहरुमा हस्ताक्षर गर्दैछु ।’

यथार्थमा उनी त्यस बेलासम्म कुनै महत्वपूर्ण सम्झौताको टुंगो लगाउनेमा पुगिसकेका थिएनन् ।

भारतका राष्ट्रिय सुरक्षा सल्लाहका अजित डोभल र विदेश सचिव विनयमोहन क्वात्रासँग चाणक्यपुरीमा भएको भेट प्रचण्डको प्रतिकुल हुन पुगेको थियो । त्यसैले आईटीसी मौर्यको कुराकानी सकेर बारखम्बा रोडमा आइपुग्दा उनी दिक्दार देखिन्थे ।

एक, प्रचण्ड यसपल्ट कुनै हालतमा पञ्चेश्वर परियोजना अगाडि बढाइछाड्नेमा थिए । अढाई दशकअघि महाकाली सन्धि गर्ने नेपाली नेतृत्वले जनतासँग गरेका आवधिक बाचाहरु अलपत्र परेको अनुभवबाट प्रचण्ड रणनीतिक फाइदा लिँदै आफ्नो हात माथि पार्न चाहन्थे । भारतले सुरुमा राम्रोसँग विषय प्रवेश नै गर्न चाहेको थिएन ...

समाचार स्रोत :