Follow us: Youtube Android App
पाँच महिनामै ८ हजार कामदार कोरिया
१९ जेठ २०८०

काठमाडौँ — नेपालीको सबैभन्दा आकर्षक गन्तव्य मुलुक दक्षिण कोरियाले आफ्नो श्रम बजारमा जनशक्ति अभावलाई परिपूर्ति गर्न नेपाललाई थप कोटा बढाउँदै लगेको छ । त्यसका लागि चाहिने जनशक्ति उत्पादन गर्नसमेत नेपालसँग सहकार्यको प्रस्ताव अगाडि बढाएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत स्रोत देशबाट कामदार ल्याउने नीतिअनुसार कोरियाले नेपाललाई उच्च प्राथमिकता राखेको हो । यो वर्ष मात्रै नेपालबाट झन्डै १९ हजार कामदार लैजाने कोरियाको तयारी छ । यो हालसम्मकै उच्च हो । कोरियाले अघिल्ला वर्षहरूमा प्रतिवर्ष औसत ८ हजार नेपाली कामदारको माग गरिरहेकामा गत जनवरीयता मात्रै ८ हजार २ सय ४१ जना गइसकेका छन् । सबैभन्दा बढी २०२२ मा १४ हजार नेपालीलाई लगिएको थियो ।

कोरियाको मानव स्रोत व्यवस्थापन सेवाका उपप्रमुख किम सङ जाले नेपालका लागि कोटा बढाउँदै जाने प्रतिबद्धता जनाए । ‘नेपालबाट छिटो कामदार आउने र इमानदार पनि रहेकाले हामीले नेपाललाई उच्च प्राथमिकतामा राखेका छौं, कोटा पनि बढाउँदै जानेछौं,’ राजधानी सोलमा पुगेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालसमक्ष भने । ईपीएस मोडललाई थप प्रभावकारी बनाउन अध्ययन गर्न अर्यालको नेतृत्वमा सहसचिव उमाकान्त आचार्य, वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाल, दक्षिण कोरियाका लागि श्रम काउन्सिलर चन्द्रकला वली चौलागाईं, उपसचिव दीपेन्द्र पौडेल र कोरिया शाखा प्रमुख पुष्पराज कटुवाल सोलमा (जेठ १२–१९) छन् ...

समाचार स्रोत :