साहुका भेडा लुट्न आएका साउदी नागरिक ओदा विन अऐदा विन हमोद अल सरारीको हत्या अभियोगमा २०५८ मा मृत्युदण्डको फैसला सुनाइएपछि सन्तबहादुर जेलमा थिए । उनीमाथिको सजाय रोयल कोर्टले समेत अनुमोदन गरेपछि गत बिहीबार फैसला कार्यान्वयन गरिएको हो ।
काठमाडौँ — ‘थाहा छैन जिन्दगीमा कुन दिन अन्तिम हुन्छ । रात अन्तिम हुन्छ ।
मेरो–मेरो भन्दाभन्दै भेटघाट अन्तिम हुन्छ ।’ गीतकार महेश आचार्यका यी शब्दजस्तै पर्वतका सन्तबहादुर पुनलाई थाहा थिएन, आफ्नो कुन दिन अन्तिम हुनेछ । तर, नियतिले भइदियो यस्तै । हत्या आरोपमा २२ वर्षदेखि साउदी अरेबियाको कुरैयात जेलमा रहेका मोदी गाउँपलिका–४ खुइजेरी, पर्वतका सन्तबहादुरले यही गीतका शब्द टिपेर फेसबुक स्टाटस लेखेका थिए ।
गत बिहीबार साँझ साउदी अरेबियाको सरकारी सञ्चारमाध्यम साउदी प्रेस एजेन्सीले सन्तबहादुरलाई मृत्युदण्ड दिइएको अप्रिय खबर सुनायो ...