काठमाडौं । अमेरिकी सेनाको १२ सदस्यीय टोली आज नेपाल आउँदै छ । भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासको सिलसिलामा अमेरिकी सेनाको टोली आज काठमाडौं आउन लागेको हो ।
४० औं संस्करणको संयुक्त सैन्य अभ्यास भदौ २४ गतेदेखि सुरु भई असोज १२ गते सकिने नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
उनले भने, ‘नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच हुँदै आएको ज्वाइन्ट कम्बाइन्ड एक्सचेन्ज ट्रेनिङ ब्यालेन्स नेलको नियमित अभ्यास हो ...