काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी भिसामा (सिजनल भिसा) कामदार पठाउने सम्बन्धमा हालसम्म नेपाल सरकार र कोरियाली सरकारबीच कुनै पनि सम्झौता नभएको स्पष्ट पारेको छ।
मन्त्रालयका सह-सचिव तथा प्रवक्ता डण्डुराज घिमिरेले बिहीबार विज्ञप्ति जारी गर्दै मौसमी कामदार पठाउने सम्बन्धमा दुई देशबीच कुनै सम्झौता नभएको स्पष्ट पारेका छन्।
प्रवक्तासमेत रहेका सह-सचिव घिमिरेको हस्ताक्षरसहित मौसमी कामदार पठाउने सम्बन्धमा प्रेस विज्ञप्ति सार्वजनिक भएको थियो। सोही विषयलाई लिएर मन्त्रालयले मौसमी कामदार पठाउने सम्बन्धमा दुई देशबीच कुनै समझदारी नभएको र सार्वजनिक भएको प्रेस विज्ञप्ति नक्कली भएको स्पष्ट पारेको हो ...