Follow us: Youtube Android App
२४ घण्टा नबित्दै खारेज भयो राष्ट्र बैंकको निर्णय
१५ कात्तिक २०७८

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २४ घण्टा नबित्दै खारेज भएको छ । राष्ट्र बैंकले शुक्रबार मात्रै एकीकृत निर्देशन जारी गर्दै केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको परिमाणात्मक बन्देज तथा प्रतिबन्ध हटाएको थियो ।

सो निर्णय भएको २४ घण्टा नबित्दै राष्ट्र बैंकले पुनः यस्तो निर्णय गरेपछि केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको परिमाणात्मक बन्देज (प्रतिबन्ध) कायमै रहेको छ । राजनीतिक दल र यस्ता वस्तुको आयात–निर्यातमा संलग्न व्यवसायीहरूको दबाबमा राष्ट्र बैंकले आफ्नो निणर्य फिर्ता लिएको हो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशन रामु पौडेलले शनिबार अर्को एक सूचना जारी गर्दै शुक्रबार जारी भएको निर्देशन खारेज भएको जानकारी दिएका हुन् ...

समाचार स्रोत :