Follow us: Youtube Android App
लगानीमा स्रोत नखोजिनु कति जायज ?
२१ कात्तिक २०७८

काठमाडौँ — भारतका एक प्रखर वक्ता, कवि, प्राज्ञ तथा राजनीतिज्ञ डा. कुमार विश्वासले भनेका छन्, ‘भारतमा मानिसलाई दस करोड कमाउन निकै गाह्रो छ । तर दस करोडलाई सय करोड बनाउन निकै सजिलो छ ।’ उनको आशय जब मानिसले दस करोड कमाउँछ त्यसपछि उसले त्यो धन प्रयोग गरेर प्रशासन, राजनीति, कानुन सबै कुरा किन्छ र सजिलै सय करोड बनाउँछ ।

कुमार विश्वासले भारतको सन्दर्भमा भनेको उक्त कुरा नेपालको निम्ति पनि उत्तिकै सही देखिन्छ । नेपालमा लगानीको वातावरण नभएकोले उद्योगधन्दा फस्टाउन सकेको छैन, कृषि पेसाले मानिसलाई खान पनि पुग्दैन, विप्रेषणबाट प्राप्त विदेशी मुद्राले देश चलेको छ ।

तर सीमित व्यक्तिहरूको जीवनशैली दिन प्रतिदिन आश्चर्यजनक रूपमा फेरिँदै गएको छ । हिजो चप्पल पड्काउँदै काठमाडौँ छिरेकाहरू नाम मात्रको व्यापार, व्यवसाय गरेर अरबपतिको जीवनशैली बिताइरहेका छन् । केही राजनीतिज्ञहरूको जीवनशैली महाराजाहरूको जस्तो भएको छ । सीमित कर्मचारीहरूको आम्दानी अरबौँ लगानी गरेका व्यापारीहरूको आम्दानीजस्तो छ । यस्तो कसरी भयो ? आम नागरिकको आशङ्का के हो भने यी मानिसहरूसँग कालो धन अर्थात् उनीहरूले गैर वैधानिक स्रोतबाट सम्पत्ति आर्जन गरेका छन् ...

समाचार स्रोत :