अनलाइनबाट डलर कारोबार गर्ने दिनेश खड्का र उनका आफन्तविरुद्ध ३७ करोड ६४ लाख बिगो दाबीसहित मुद्दा दायर भएको छ।
राजस्व अनुसन्धान विभागले अवैध रुपमा अनलाइनबाट डलरको कारोबार गर्दै आएको फेला पारेपछि आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। विभागले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अन्तर्गत मुद्दा दायर गरेको जनाएको छ।
कैलालीको लम्किचुहा नगरपालिका–१० स्थायी ठेगाना भई हाल काठमाडौं कालो पुल बस्ने दिनेश खड्का, उनकी दिदी भगवती खड्का तथा बुवा नर बहादुर खड्का र दिनेश खड्काकी केटी साथी अनिता धितालले अवैध रुपमा अनलाइनबाट डलर कारोबार गरेको भेटिएको विभागले जनाएको छ ...