Follow us: Youtube Android App
चर्कियो महँगी
२३ साउन २०७९

काठमाडौं : निवर्तमान मन्त्री प्रदीप ज्ञवालीले केही साताअघि सार्वजनिक रूपमा नै भने, ‘महँगीका कारण मेरो भान्सामा दुईथरी तरकारी पाक्न छोड्यो।’ सत्य, जे होस्, तर बजारमा बढ्दो महँगीप्रतिको प्रतिकात्मक अभिव्यक्ति थियो, ज्ञवालीको। अहिले तरकारीदेखि खाद्यान्नको भाउ छोइ नसक्नु छ। मौसमी तरकारी नै दोब्बरले महँगो भएको छ। गत वर्षभन्दा खाद्यान्न, तरकारी, फलफूल, लुगाफाटोको मूल्य दोब्बरले बढेको व्यापारी नै स्वीकार गर्छन्।

अर्थविद् डा. डिल्लिराज खनाल उपभोग्य वस्तुको मूल्य अत्याधिक बढेको बताउँछन्। ‘आम सर्वसाधारणलाई बाँच्नै मुस्किल परिसक्यो’, डा. खनालले भने। तीज, दसैं, तिहार, छठलगायतका चाडपर्वहरू नजिकिँदै छन्। त्यतिबेला महँगी झनै बढ्न सक्ने चिन्तामा उपभोक्ता छन्। प्राकृतिक र कृत्रिम दुवै खाले महँगीको भार उपभोक्ताले व्यहोरी रहे पनि सरकार भने अनदेखा गरिरहेको छ। महँगीले आकाश छुँदा पनि सरकारी निकायबाट अनुगमन छैन। बजार अनुगमन पनि चाडबाडको बेला मात्रै ‘फेसेनेवल’ हुने गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थमा मूल्य बढेपछि आयातित सबै वस्तुको मूल्य बढेको तर्क व्यापारीहरू गर्छन्। तर, यसका नाममा बजारमा कृत्रिम रूपमा नै पनि महँगी बढाएर कालोबजारी गरिएको उपभोक्ता अधिकारवादीहरू बताउँछन्। उपभोक्ता अधिकार संरक्षण मञ्चका अध्यक्ष माधव तिमिल्सिना बजार अनुगमनको अभाव र सरकारी हस्तक्षेप नहुँदा व्यापारीको मनोमानी बढेको बताउँछन् ...

समाचार स्रोत :