Follow us: Youtube Android App
एनसेलको करसम्बन्धी मुद्दामा नेपाल सरकारको जित
२७ जेठ २०८०

काठमाडौँ — ८० प्रतिशत सेयर बिक्रीको पुँजीगत लाभकर निर्धारणको विषयमा एनसेलको माउ कम्पनी आजियटा ग्रुपले अन्तर्राष्ट्रिय मध्यस्थकर्तासमक्ष दायर गरेको मुद्दा नेपाल सरकारले जितेको छ ।करिब ४ वर्षदेखि अन्तर्राष्ट्रिय लगानी विवाद समाधान निकायमा नेपाल सरकारविरुद्ध एनसेलले दाबी गरेका मूलभूत मुद्दा खारेज भई नेपालले मुद्दा जित्न सफल भएको हो ।

आजियटा ग्रुपले २०७६ वैशाखमा विश्व बैंकको लगानीमा स्थापित अन्तर्राष्ट्रिय लगानीसम्बन्धी विवाद समाधान गर्ने निकाय इन्टरनेसनल सेन्टर फर दि सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी) मा मुद्दा दायर गरेको थियो । आजियटाले नेपालमा द्विपक्षीय लगानी सम्झौताविरुद्ध काम भएको, राज्यले न्याय नदिएको, कर लगाएको र त्यसको न्याय निरूपण गर्दै करिब ५० करोड अमेरिकी डलर बराबरको क्षतिपूर्ति दाबी गरेको थियो ।

यसमा नेपाल सरकारको पक्षमा फैसला आएको कानुन मन्त्रालयको अन्तर्राष्ट्रिय कानुन तथा सन्धि सम्झौता महाशाखा प्रमुख तथा सहसचिव फणीन्द्र गौतमले बताए । ‘फैसलाको बृहत् विवरण विश्लेषण गर्न बाँकी छ तर हाम्रा कानुन व्यवसायीबाट आएको जानकारीअनुसार नेपालले मुद्दा जितेको छ,’ उनले कान्तिपुरसँग भने, ‘मुख्य त द्विपक्षीय लगानी सम्झौताविरुद्ध भयो, हामीलाई न्याय दिइएन भन्ने एउटा राज्यलाई लगाउने सबैभन्दा ठूलो आरोप लगाइएको थियो । मूलभूत रूपमा यी आरोप खारेज भएका छन् ...

समाचार स्रोत :