Follow us: Youtube Android App
आलु र प्याजमा १३ प्रतिशत भ्याट लगाउँदा तीन गुणासम्म मूल्यवृद्धि
३० जेठ २०८०

काठमाडौं । बजेट आएको दिन १५ जेठमा कालीमाटी तरकारी बजार विकास समितिको बजार मूल्य सूचनामा प्याजको प्रतिकिलो थोक मूल्य ३४ रुपैयाँ ३७ पैसा थियो । सोही दिन आलुको मूल्य प्रतिकेजी ३१ रुपैयाँ मात्रै तोकिएको थियो । तर, बजेट घोषणाको १४ दिनमा आलुको मूल्य करिब दोब्बर र प्याजको मूल्य किलोमा साढे तीन गुणाले बढ्यो ।

अचम्म चाहिँ के छ भने यतिबेला सरकारी स्वामित्वको कालिमाटी तरकारी बजार विकास समितिले आलु र प्याजको मूल्य नै सार्वजनिक गर्न बन्द गरेको छ । बजारबाट स्पष्ट मूल्य सूचना नभए पनि बजारमा प्याज र आलु पर्याप्त मात्रामा छ । तर, मूल्य छोइसक्नु छैन ।

सोमबार काठमाडौंको वनस्थली क्षेत्रमा प्याज किलोमा ९० रुपैयाँ, आलु ४५ रुपैयाँमा खुद्रा बिक्री भइरहेको छ । यस्तै बानेश्वर, असन, मैतीदेवी, कोटेश्वर, इमाडोल र भक्तपुरका कतिपय किराना पसलमा अधिकतम् १३० रुपैयाँ किलोमा समेत प्याज बिक्री भएको व्यवसायी दधीराम उप्रेतीले बताए ...

समाचार स्रोत :