चामल निर्यातमा एक महिनाअघि लगाइएको प्रतिबन्ध खुकुलो बनाउँदै भारतले तीनवटा देशका लागि चामल निर्यात खुला गर्ने निर्णय गरेसँगै नेपालका लागि पनि चामल निर्यातको बाटो खुल्ने अपेक्षा गरिएको एक मन्त्रीले बीबीसीलाई बताएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालका लागि पनि निर्यात प्रतिबन्ध खुला गरिने आश्वासन भारतीय पक्षबाट प्राप्त भइसकेको बताए।
मन्त्री रिजालका अनुसार भारतीय पक्षले नेपाली अधिकारीहरूलाई निर्यात खुलाउने निर्णयका लागि पत्र लेख्न भनेकामा नेपाली पक्षले यसअघिनै भारतलाई पत्राचार गरिसकेको छ।
“उहाँहरूले बैठक गरेर धान, चामल, चिनी दिन्छौँ भन्नुभएको थियो,” रिजालले भने ...