Follow us: Youtube Android App
ब्युँतिने भयो निक्षेपकर्ता डुबाएको ओरिएन्टल सहकारी
२० साउन २०७७

६० दिनभित्र दाबी गरे डुबेको निक्षेप फिर्ता पाइने

सहकारी क्षेत्रमा बदनाम भएको ओरिएन्टल सहकारी ब्युँतिने बाटो खुला भएको छ । सर्वोच्च अदालतको फैसला उसलाई ब्युँताउन सकिने गरी आएपछि निक्षेपकर्तालाई सास्ती दिएको ओरिएन्टल सहकारीले अन्ततः निक्षेप फिर्ता गर्ने भएको छ । सर्वोच्च अदालतले नै ओरिएन्टल ब्युँताउन सक्ने गरी फैसला गरेपछि तत्कालीन सञ्चालक सुधिर बस्नेत निक्षेपकर्ताको निक्षेप फिर्ता गरेर ब्युँताउने खेलमा लागेका हुन् ।

सर्वसाधारणको अर्बौैँ रकम ठगी गरेको ओरिएन्टल सहकारीका तत्कालीन सञ्चालक सुधिर बस्नेतले नै सहकारीको बदनाम गराएको आरोप लाग्दै आएको छ । सहकारी क्षेत्रलाई नै बदनाम गराउने ओरिएन्टल पुनः सञ्चालनमा आए यसको व्यापक निगरानी बढाउनुपर्ने सरोकारवालाहरुले भनेका छन्  ...

समाचार स्रोत :