Follow us: Youtube Android App
२६ वाणिज्य बैंकले कमाए ५१ अर्ब नाफा, सेयरधनीले कति पाउँछन् लाभांश ?
३१ साउन २०७७

काठमाडौं । २६ वटा वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७६/७७ मा ५१ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकबाट इजाजत पाएका २७ वाणिज्य बैंकमध्ये हालसम्म चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका बैंक तथा वित्तीय संस्थाहरुले यो अवधिमा कुल ५० अर्ब ९० करोड २९ लाख रुपैंया नाफा कमाएको देखिएको हो ।

यसरी नाफा कमाउने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंकले सर्वाधिक ४ अर्ब ४५ करोड नाफा कमाएको छ । त्यस्तै, नबिल बैंकले ३ अर्ब ५६ करोड, एनआईशी एशिया बैंकले ३ अर्ब १२ करोड, ग्लोबल आईएमई बैंकले ३ अर्ब ८ करोड नाफा कमाएर ३ अर्ब भन्दा बढी नाफा कमाउने बैंकको सूचीमा परेका छन् ...

समाचार स्रोत :