सेयर बजारमा चार वर्ष पछिको चक्र फर्किएको छ । बिहीबार सेयर बजारमा नयाँ कीर्तिमान कायम भएपछि लगानीकर्ता उत्साहित देखिएका छन् ।
चार वर्षअघि सबैभन्दा बढी १८८१ बिन्दुमा पुगेको सेयर बजारको रेकर्ड बिहीबार आएर तोडिएपछि लगानीकर्ता उत्साहित भएका हुन् । पहिलो रेकर्डको समयमा अर्थ मन्त्रालयको जिम्मेवारीमा अर्थमन्त्रीमा नेकपा महासचिव विष्णु प्रसाद पौडेल थिए । संयोग नै मान्नुपर्छ, यसपटक अर्थात दोस्रो रेकर्ड ब्रेक हुँदाको समयमा पनि अर्थमन्त्रीको कुर्सीमा पौडेल नै छन् ...