काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । हिजो (बुधबार) ८ अंकले बढेको नेप्से आज १६ अंकले झरेर २५ सय २६ विन्दुमा आइपुगेको छ ।
यसदिन कारोबार भएका अधिकांश समूहमा गिरावट आएसँगै नेप्से दोहोरो अंकले झरेको हो । बिमा समूहमा सबैभन्दा उच्च २१४ अंकको गिरावट आयो । यस्तै निर्जीवन बिमा समूहमा २०७, लघुवित्त समूहमा १२८, टेलिकम सूचीकृत अन्य समूहमा पनि २२ अंकको गिरावट आयो ।
वाणिज्य बैंक समूहमा करिब ११ र विकास बैंक समूहमा भने २० अंकको सुधार आयो । यसदिन कारोबार परिमाणमा भने वृद्धि आयो । २०६ कम्पनीको एक करोड ६० लाख कित्ता सेयर ८ अर्ब ४१ करोडको कारोबार भयो । हिजो बुधबार ७ अर्ब ६४ करोडको कारोबार भएको थियो ...