Follow us: Youtube Android App
ऋण नतिर्नेलाई राष्ट्र बैंकको थप सहुलियत
२ फागुन २०७७

काठमाडौं । कोरोना प्रभावित भएको भन्दै ऋण नतिरी बस्नेलाई नेपाल राष्ट बैंकले थप सहुलियत दिने भएको छ । ऋण नतिर्ने र  कर्जाको पुनर्तालिकीकरण पनि नगरेका  व्यवसायीलाई थप सहुलियतको व्यवस्था गरेको हो । अब ०७८ असार मसान्तसम्ममा बक्यौता ब्याजको ५ प्रतिशत तिरेर कर्जाको पुनर्तालिकीकरण गर्न सकिने  राष्ट बैंकले जनाएको छ ।  यसअघि ०७७ पुस मसान्तसम्ममा बक्यौता ब्याजको १० प्रतिशत तिरेर पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था थियो ।

राष्ट बैंकले आज आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । सो समिक्षामा सहुलियतको व्यवस्था गरेको हो ।  राष्ट्र बैंकले कर्जा पुनर्तालिकीकरणको समय ६ महिनाले बढाएको छ भने तिर्नुपर्ने बक्यौता ब्याजलाई यसअघिको व्यवस्थाभन्दा आधा गरिदिएको छ ...

समाचार स्रोत :