गत मंगलबार सेयर लगानीकर्ता नरेश अमात्यले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर प्रतिकित्ता ७२६ रुपैयाँमा किने। त्यस दिन सेयर किन्न नपाइने हो कि भन्ने लागेर उनले बजार खुल्नेबित्तिकै ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) बाट एक हजार कित्ता किन्न अर्डर हालेका थिए, तुरुन्तै कारोबार भयो।
७२६ रुपैयाँमा एक हजार कित्ता सेयर पाएका उनी निकै खुसी भए। त्यसअघिसम्म उनले अर्डर हाले पनि सेयर पाउन सकेका थिएनन्।
मंगलबार मल्लले सेयर किनेको केही बेरमै बिक्रीमा चाप पर्यो। कम्पनीको मूल्य दस प्रतिशत घट्यो। मूल्य प्रतिकित्ता ५९४ रूपैयाँमा आयो ...